शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पश्चिमी वायुको प्रभावले आज पनि मेघ गर्जन र चट्याङसहित वर्षा

बुधबार, १४ फागुन २०७६, ०८ : ४४
बुधबार, १४ फागुन २०७६

हाल देशमा पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राती पनि देशको मध्य भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी तराईका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

बिहाबार दिउँसोदेखि देशको पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार पनि देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका मध्य तथा पूर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप