बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कीर्तिपुर, भक्तपुरलगायत यी हुन् नेपालका सबैभन्दा प्रदुषित १० शहर

बुधबार, १४ फागुन २०७६, ०७ : २५
बुधबार, १४ फागुन २०७६

हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आइक्युएयरले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको प्रदुषण सन् २०१९ मा घटेको छ ।

प्रतिवेदनले गत वर्ष नेपालको जनसंख्याको आधारमा हुने प्रदूषण घटेको देखाएको हो । आइक्युएयरले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको हावाको गुणस्तर संवेदनशील केही समूहका लागि अस्वस्थकर देखिएको छ ।

सन् २०१९ मा नेपालमा हावाको गुणस्तर मापक पीएम स्केल पीएम २.५ औसत ४४ दशमलव ४६ मायक्रोग्राम प्रति वर्गमिटर थियो । सन् २०१८ मा यो सूचक ५४ दशमलव १६ माइक्रोग्राम प्रति वर्गमिटर थियो । यसले नेपालमा हावाको गुणस्तरमा सुधार भएको देखाएको छ ।

आइक्युएयरको तथ्यांक अनुसार नेपालको सबैभन्दा प्रदूषित शहर काठमाडौं हो । काठमाडौंको हावाको गुणस्तर सूचक (एक्युआई) १३४ छ । काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पनि १३७ औं स्थानमा छ ।

दोस्रो प्रदुषित शहर वीरगञ्ज हो । वीरगञ्जको हावाको गुणस्तर सूचक १२८ छ । यीबाहेक नेपालका शीर्ष १० प्रदूषित शहरमा सिद्धार्थनगर, धनकुटा, कीर्तिपुर, बुटवल, भक्तपुर, भरतपुर, पोखरा र तुलसीपुर छन् ।

यस्तै, सन् २०१९ मा भारतीय शहर विश्वभर सबैभन्दा प्रदूषित देखिएका छन् । प्रतिवेदनले सार्वजनिक गरे अुनसार सबैभन्दा प्रदुषित २० शहरमा १४ ओटा भारतीय शहर छन् ।

यो खबर आजको आर्थिक अभियानमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप