असारभित्रै रेल सञ्चालनमा ल्याइने
![असारभित्रै रेल सञ्चालनमा ल्याइने](https://rpcdn.ratopati.com/media/albums/rail_0tPLUX4jl9.png)
सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन प्रक्रिया लम्बिएको हो । रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउन सकिने र कुनै कारणले रोकिए पनि असारभित्र सञ्चालन भइसक्ने जनाएको छ ।
जनशक्ति अभाव भएकाले यसअघिको घोषणाअनुसार रेल ल्याउन केही ढिलाइ भएको भन्दै विभागले फेब्रुअरीमा पहिलो र मार्चमा दोस्रो रेल ल्याउने गरी सम्झौता भए पनि जनशक्ति व्यावस्थापनमा समय लागेकोले ढिलो भएको जनाएको छ । रेल विभागका महानिर्देशक वलराम मिश्र भन्छन्, ‘हामीले समयमानै रेल सञ्चालनको लागि तयारी पूरा गरेका हौं, तर जनशक्ति अभाव र आन्तरिक प्रक्रिया पूरा गर्दा ढिलो हुने देखिएको छ ।’
गत शुक्रबारमात्र रेल विभागले विभिन्न ९ पदका लागि २६ जनशक्ति माग गर्दै सूचना जारी गरेको छ । माग गरेको समयभित्र पनि नेपालीबाट दरखास्त नआए विभागले विदेशी कर्मचारीको लागि पनि सूचना जारी गर्ने जनाएको छ । हाल करिब २ सय जनशक्तिको अभाव भए पनि पहिलो चरणमा विभागले २६ जनाको मात्रै माग गरिएको जानकारी दिएको छ । बाँकी कानुनी प्रक्रिया पूरा गरेर माग गर्ने विभागले जनाएको छ ।
यो खबर आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपसिकलाई नकारेर एप्पलले गर्यो अलिबाबासँग सहकार्य
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रका मठमन्दिरको रङरोगन, तस्बिरमा हेर्नुहोस्
-
ट्रेन्डिङमा प्रदीप र दिव्याको डान्स ‘म त फ्यान भए यार’
-
ट्रम्पको अतिरिक्त करको मारमा कोका–कोला
-
दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट समिटमा मुख्यमन्त्री लामा
-
‘परालको आगो’को मुख्य भूमिकामा भित्रिए जितु