बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?’

मङ्गलबार, १३ फागुन २०७६, २३ : ०५
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संविधान संशोधनको बेमौसमी बहसले पार्टीको छबि बिग्रिन सक्ने बताएका छन् । मन्त्री ज्ञवालीले कहिले आलोपालो प्रधानमन्त्री त कहिले शासन प्रणाली परिवर्तन अनि कहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहसले पार्टीलाई हित नगर्ने बताए ।

मंगलबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै नेकपाका नेता समेत रहेका मन्त्री ज्ञवालीले यस्तो बेमौसमी बहसले नेकपा राजनीति स्थिरता दिन अक्षम छ भन्ने खराब सन्देश जान सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्ः ‘कमरेडहरु, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो–स्थिरता र समृद्धिको अपिल । तर कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रियसभा सदस्य पनि प्रम नै हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस । के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप