चर्चमा विस्फोट गर्ने आठ जनालाई मृत्युदण्ड: इजिप्ट
एजेन्सी । इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको भनी अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले मङ्गलबार जनाएको छ ।
गत वर्ष मृत्युदण्डका लागि सजाय सुनाइएका उनीहरूले सन् २०१८ को मे मा आफूहरूलाई दिइएको मृत्युदण्डमाथि पुनरावलोकनका लागि अन्तिम पुनरावेदन गर्न पुगेपनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो ।
स्रोतका अनुसार सवै आठ जनालाई स्थानीय समय अनुसार सोमबार विहानै मारिएका थिए । उनीहरू गत वर्षको अक्टोबरमा सैन्य अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका १७ जनामध्ये थिए ।
इजिप्टको अलेक्जेन्ड्रिया, कायरो, टान्टास्थित विभिन्न चर्च र दक्षिणपश्चिम क्षेत्रको एउटा प्रहरी सुरक्षा जाँच केन्द्रमा विस्फोट गराएकोमा उनीहरूलाई दोषी ठहर गरिएको थियो । सन् २०१६ र सन् २०१७ मा गराइएका विस्फोटमा गरी उनीहरूले प्रायः क्रिश्चियन धर्मावलम्वीहरूसहित ८८ जनाको हत्या गरेका थिए ।
सजाय पाएका अन्य नौजना भागिरहेकाले उनीहरूलाई सुरक्षाकर्मीले अझै पक्राउ गर्न सकेको छैन ।
इजिप्टमा तत्कालिन इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई पदच्युत गरी सेनाको सहयोगमा राष्ट्रपति बनेका अब्देल फताह अल–सिसी सन् २०१४ मा सत्तामा पुगेपछि मृत्युदण्डका घटना वृद्धि भएका छन् ।
मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डको विरोध गरेको छ । उसले सामूहिक मृत्युदण्ड पाएका उनीहरूको अपराध स्वतन्त्ररूपमा पुष्टि नभएको आरोप लगाएको छ । एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डले कसैलाई न्यायको नदिने भन्दै अपराधको विकल्प अपराध हुननसक्ने र मारिएका ती व्यक्तिलाई सेनाले अन्यायपूर्ण (एकपक्षीय) सुनुवाई गरी दोषी ठहर गरेको बताएको छ ।
‘अभियोग लागेपनि हरेक नागरिकमाथि न्यायिक सुनुवाईको सुनिश्चितता हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड
-
युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष
-
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
ब्राजिलमा निजी विमान दुर्घटना : पाइलटसहित उनको परिवारका १० जनाको मृत्यु
-
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस