शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउडका फिल्म निर्मातालाई सजाय सुनाएलगत्तै डोनाल्ड ट्रम्पको कडा टिप्पणी

मङ्गलबार, १३ फागुन २०७६, २२ : ३४
मङ्गलबार, १३ फागुन २०७६

एजेन्सी । हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टाइनलाई बलात्कार र यौन दुव्यवहारका लागि दोषी ठहर गरेको अमेरिकी अदालतको निर्णय महिलाहरूको ‘ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अदालतको यो निर्णयले अमेरिकी न्यायको ‘उत्कृष्ठ सन्देश’ जाने उनले बताए ।

‘महिलाहरूको स्थानमा सोच्दा म के महशुस गर्छु भने यो निकै ठूलो कुरा हो’ वाइन्सटिनलाई सजाय सुनाइएको ठीक एक दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतको नयाँ दिल्लीमा गरेको एक पत्रकार सम्मेलनमा भने । ‘यो ठूलो विजय हो र यसले राम्रो सन्देश दिएको छ, निकै राम्रो सन्देश दिएको छ ।’ 

कुनै समय हलिउडका शक्तिशाली फिल्म निर्माताविरूद्ध सुनाइएको यो फैसला यौन दुव्र्यवहारविरोधी ‘मिटू’ आन्दोलनमा ऐतिहासिक विजयका रूपमा उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप