दिल्लीमा हिंसा भड्कियो, १० जनाको मृत्यु
नयाँदिल्ली । भारतमा नागरिकता संशोधन विधेयकको पक्ष र विक्षमा जारी आन्दोलन हिंसात्मक बनेको छ । आन्दोलनले उत्तरपूर्वी दिल्लीको अवस्था भयाभय बनेको छ । अवस्था नियन्त्रणबाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । उत्तरपूर्वी दिल्ली पुलिसले अराजक गतिविधिमा कोही संलग्न रहेको पाइए ठाउँको ठाउँ गोली हान्न आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।
तर दिल्ली प्रहरीले भने गोली हान्नेबारे कुनै आदेश जारी नभएको स्पष्ट पारेको छ । सञ्चारमाध्यममा प्रहरीलाई हवाला दिँदै समाचार प्रकाशित गरेपछि दिल्ली प्रहरीले एक विज्ञप्तिमार्फत यस्तो बताएको हो ।
हिंसामा हालसम्म १० जनाले ज्यान गुमाइसकेको समाचारमा जनाइएको छ ।
नागरिकता सम्बन्धी विधेयकको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपले हिंसात्मक रुप लिएको हो ।
दिल्ली प्रहरीले घटनामा परी अहिलेसम्म १० जनाको मृत्यु भएको र त्यसमध्ये २ जना प्रहरी समेत रहेको जनाएको छ। यस्तै घटनामा ५६ प्रहरी र २०० भन्द्या बढी प्रहरी घाइते भएका छन् ।
उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको हो । मंगलबार पनि प्रदर्शनसँगै तोडफोड र आगजनीका घटना भएका छन् ।