शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेको अर्को छलाङ

मङ्गलबार, १३ फागुन २०७६, २० : ५१
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं ।  नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा एकपछि अर्को छलाङ मार्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा जमिरहेका सन्दीप बंगलादेशमा मार्च १८ र २१ मा आयोजना हुने विश्व–११ र एसिया–११ बीचको टी–२० क्रिकेट टोलीमा परेका छन् । सन्दीप एसिया–११ को टोलीमा परेका हुन् ।
उक्त खेललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ । बंगलादेशका संस्थापक शेख मजिबुर रहमानको एक सयौं जन्मजयन्तीको अवसरमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । सन्दीप आईसीसीको एसोसिएट राष्ट्रबाट उक्त प्रतियोगिता खेल्ने अवसर पाउने पहिलो नेपाली खेलाडी हुन् ।

बीसीबीले मंगलबार सार्वजनिक गरेको एसिया–११ टोलीमा भारतबाट सर्बाधिक ६ जना खेलाडी परेका छन् । भारतबाट कप्तान विराट कोहली, केएल राहुल, शिखर धवन, रिसभ पन्त, मोहमद सामी र कुलदीप यादव छन् । बंगलादेशका लिटन दास, तामिम इकबाल, मुसफिकर रहिम र मुस्ताफिजुर रहमान छन् । श्रीलंकाका थिसरा परेरा र लासिथ मालिंगा छन् । अफगानिस्तानका रसिद खान र मजिब उर रहमान परेका छन् ।
यसैगरी विश्व–११ टोलीमा इङ्ल्यान्डका एलेक्स हल्स, जोनी बेयरस्ट र अदिल रसिद, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र लुङ्गी निग्दी, वेस्ट इन्डिजका क्रिस गेल, काइरन पोलार्ड, निकोलस पुरन र सेल्डन कट्रेल, न्युजिल्यान्डका रोस टेलर र मिचेल म्याकक्लिघन, अस्ट्रेलियाका एन्ड्र्यु टाई र जिम्बाबेका ब्रेन्डन टेलर परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप