शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिस नेपाल पिसका लागि १८ युवती छनौट

मङ्गलबार, १३ फागुन २०७६, १९ : ४२
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका छन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् । 
प्रतियोगिताको पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ । जसबाट आयोजकले २५ प्रतियोगी छानिनेछन् ।

नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरुमा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको कार्यदक्षता बृद्धि र आत्मनिर्भर गराउने उदेश्यले आयोजित एकमात्र सामाजिक सौदर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ को यो ७ औं संस्करण हो ।

बे्रस्ट क्यान्सर फाउन्डेसनको स्तन क्यान्सर सम्बन्धी जनचेतनात्मक कार्यक्रममा सुरु देखिनै अब्बल मानिएका यो प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरुको सहभागिता रहनेछ ।

मिस नेपाल पिसको फाइनल प्रतिस्पर्धा आगामी चैत्रको अन्तिम साता आयोजना हुनेछ । विभिन्न अडिसनबाट छानिएका प्रतियोगीहरु शीर्ष उपाधिका लागि यसमा भिड्ने छन् । पहिलो चरणको अडिसनबाट छनौट भएका प्रतियोगीहरु कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा विभिन्न अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रोटिन अवेरनेस, व्यक्तित्व विकास, सञ्चारकला लगायत प्रशिक्षणमा सहभागी गराइने छ । 

ट्यालेन्ट शो, स्टेज पफमेन्स लगायत विभिन्न चरणका पार गर्दै अन्तिम स्पर्धामा पुग्न सफल प्रतियोगीले फाइनल स्पर्धामा शीर्ष उपाधिका लागि भिड्ने छन् । बिजेताले चीनमा आयोजना हुने ‘मिस वल्ड पिस’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसरको अलवा वालीको भ्रमणको ट्रिप समेत प्राप्त आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप