शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सातदोवाटो विजयी

मङ्गलबार, १३ फागुन २०७६, १९ : ०८
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । सातदोवाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छन् । एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा सातदोवाटोले नयाँ बस्ती युथ क्लबलाई २–० गोलले हरायो । सातदोवाटोको जितमा दुई गोल प्रवेश गौतमले गरे ।

प्रवेशले ५९ औं र ८२ औं मिनेटमा गोल गरेका थिए । प्रवेश म्यान अफ दी म्याच भए । अर्को खेलमा आरसीटी र झम्सिखेल युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आरसीटीका लागि अमर डंगोलले २८ औं मिनेटमा गोल गरे ।

झम्सिखेलका लागि अनिष चौधरीले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएका थिए । बराबरीसँगै दुवै टोलीले एकएक अंक बाँडेका छन् । लिगमा ‘बी’ डिभिजनमा रहेका १२ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । लिग विजेता टोली ‘ए’ डिभिजनमा बढुवासमेत हुनेछ ।

अन्तिममा रहने टोली रेलिगेसनमा पर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप १० लाख रुपैयाँ प्रदान गरेको छ । प्रत्येक खेलको विजेता टोलीले २० हजार र खेल बराबरी भएका सात हजार पाँच सय रुपैयाँ पनि थप प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप