बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको आकर्षक व्याजदरमा दुई कर्जा योजना

मङ्गलबार, १३ फागुन २०७६, १८ : ५१
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याट/अपार्टमेन्टमा भएको स्व–लगानीमा इक्यूटी फाइनान्सिङ गरिने र अन्थ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी मुक्तिनाथ घर पूँजी कर्जा सञ्चालनमा ल्याएको छ ।

घर पुँजी कर्जा आकर्षक ब्याजदरमा १५ बर्षको लागि लिन सकिनेछ । यसका साथै, बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ ।

यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पुँजीगत तथा चालु पुँजी स्व–लगानीमा फाइनान्सियल लेभरेज लिने गरी उद्योग, व्यापार एंव सेवा मुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पुँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पुँजीको लागि प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप