निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा, १० जनालाई मलेशिया भ्रमणको मौका

काठमाडौं– निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा भएको छ । लक्की ड्रद्वारा १० जना भाग्यशाली बिजेताहरुले मलेशिया भ्रमण गर्ने मौका र साथै ५ जना ले १० ग्राम सुनको सिक्का पाएका छन् ।
नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो ।
उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए । सोहि स्किमको विजेताहरुको घोषणा फाल्गुन १३ गते पायोनियर मोटो कर्पको थापाथली स्थित शोरुममा भएको थियो ।
उक्त समारोहमा पायोनियर मोटो कर्पका अधिकारीहरुले बिजेताहरुलाई बधाई दिनुका साथै सबै सहभागीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।
हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स(ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिक्री गरिरहेको छ भने चाडैनै निसानको नया इलेकट्रिक गाडी लीफपनि नेपालमा भित्राउने तयारी गरिरहेको छ ।