शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिला माध्यमिकी परिक्रमामा सहभागी १ जनाको मृत्यु

मङ्गलबार, १३ फागुन २०७६, १८ : १४
मङ्गलबार, १३ फागुन २०७६

जनकपुर । १५ दिने मिथिला माध्यमिकि परिक्रमाको तेस्रो दिन बिहान १ जनाको मृत्यु भएको छ । मङ्गलबार मिथिला माध्यमिकी परिक्रमाको क्रममा कल्यानेश्वरबाट डोलासँगै परिक्रमा गरिरहेका धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी बस्ने साधु निर्धन यादवको बिहान करिब ४ बजे भारतको बिहार प्रान्त स्थित मधुवनी जिल्लाको कल्याणेश्वरमा मृत्यु भएको जानकारी प्राप्त भएको छ । 

मृतक साधु बिहान यादव आगो सल्काएर बसेको र केही बेरमै अचानक ढलेको परिक्रमामा सहभागीहरुले बताए ।  उनको शव कल्याणेश्वरबाट दाहसंस्कारको लागि परिवारजनले कचुरी गाउमा ल्याइसकेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप