मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा रोकिँदैनः प्रभु साह

मङ्गलबार, १३ फागुन २०७६, १८ : ०७
मङ्गलबार, १३ फागुन २०७६

रौतहट । संघीय सांसद तथा नेकपा प्रदेश नम्बर २  का अध्यक्ष प्रभु साहले भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा नरोकिने बताएका छन् । मंगलबार रौतहटको मौलापुरको लक्ष्मीनिया माविमा आयोजित साक्षरताको लागि साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले कुनै  परिस्थिति तथा दबाबमा  भ्रष्टाचार विरोधी अभियान नरोकिने दावी गरेका हुन् । 

कुनै पक्षबाट भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयासलाई विफल पार्दै भ्रष्टाचारमुक्त समाज निर्माण गरेरै छोडने उनले प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा राजनीतिक परिवर्तनसँगै विकासले गति लिने जनताको चाहना पुरा नभएको भन्दै दुःख व्यक्त गरेका थिए ।

सांसद साहले भ्रष्टाचार अन्त्य गर्न सबै देशबासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै कुनैपनि हालतमा भ्रष्टाचार हटाएरै छाड्ने बताए । सोही अवसरमा नेता साहले विद्यालयको प्रशासनिक भवन र आठ कोठे शैक्षिक भवनको शिलान्यास समेत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप