अर्घाखाँचीमा सवारी दुर्घटना, २ जनाको मृत्यु
बुटवल । अर्घाखाँची जिल्लामा आज भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका ४ को धारापानीमा मोटरसाइकल र वडा नम्वर १० धनचौरमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले बताए ।
भूमिकास्थान नगरपालिका ४ को साना औवलको मिलनचोकमा लु ५६ प ९०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार फलामखिलका चोपलाल घर्तीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको छ । घटनामा मोटरसाइकल चालक नविन आले र स्थानीय लक्ष्मी सुनार घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ ।
त्यस्तै, भूमिकास्थान नगरपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा ट्रयाक्टर चालकको ज्यान गएको छ । दुर्घटनामा ट्रयाक्टर चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका ११ का डिभर्ना बस्ने २४ वर्षीय दिनेश विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । भूमिकास्थान नगरपालिका १० धनचौरको देउरालीतर्फ जाँदै गरेको लु ४ त ४५३९ नम्बरको ट्रयाक्टर चिप्लो बाटोमा उकालोमा तान्न नसक्दा दुर्घटनामा भएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
-
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !
-
मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा
-
विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे