शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीयता जोगाउन कुनै कसर बाँकी राखिन्न : मुख्यमन्त्री राउत

मङ्गलबार, १३ फागुन २०७६, १७ : २०
मङ्गलबार, १३ फागुन २०७६

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षा आफुहरुको मुख्य राजनीतिक लक्ष्य रहेको दावी गरेका छन् । 

मंगलबार जनकपुरमा भएकोे ९८ औँ महेन्द्र नारायण निधिको जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ को सरकारले थोरै कानून बनाएपनि संघीयता बचाउन कुनै कसर बाँकी नराखेको बताएका हुन् । 

‘हामीले यो समयमा थोरै भएपनि महत्वपूर्ण कानून र विधेयकहरु बनाउन सफल भयौँ । हामीले प्रहरी ऐन बनाएपछि संघीय सरकारले अहिले त्यो कानूनलाई परिमार्जन गरी नयाँ कानून बनाउन बाध्य भयो । यो हाम्रो लागि ठुलो सफलता हो’, मुख्यमन्त्री राउतको भनाई छ । 

उनले स्वर्गीय महेन्द्र नायाराण निधिलाई स्मरण गर्दै हाल निष्ठाको राजनीति छोडेर स्वार्थको राजनीति बढि हुन थालेकाले चिन्ता गर्नुपर्ने अवस्था आएको बताए । 

उनले नेकपा अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ठाउँ अनुसार बोल्ने र मधेशसँग प्यार देखाउन जे पनि गर्न तयार हुनेसँग अपेक्षा गर्नु मुर्खता हुने बताए । ‘संघीयता र जनताका लागि राजनीति गर्नुको साटो प्रदेश नम्बर २ को सरकार परिवर्तन गर्नतर्फ ध्यान दिनु गलत छ’, राउतको टिप्पणी छ । केही समय अघि अध्यक्ष प्रचण्डले प्रदेश २ को सरकार परिवर्तन हुने संकेत गरेका थिए । 

कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले प्रदेश नम्बर २ मा कुनै पनि हालतमा नेकपाको सरकार बन्नु नसक्ने बताए । ‘हामी प्रदेश नम्बर २ मा समाजवादी पार्टीलाई हरेक ढंगले समर्थन गर्न तयार छौ’,यादवको भनाइ छ । 
प्रदेश सरकार परिवर्तनमा राजपा नेपालले नेकपालाई सहयोग गरेमा काँग्रेसले समाजवादीलाई समर्थन गरेर सरकार ढल्नबाट जोगाउने उनको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप