नेपाल ट्रष्टसँग साढे २१ हजार रोपनी जग्गा, कहाँ कति ?

काठमाडौं । नेपाल ट्रष्टको नाममा साढे २१ हजार रोपनी भन्दा बढी जग्गा आएको छ । तत्कालीन राजपरिवार र तीनका सदस्यहरुको नाममा रहेको जग्गालाई शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका निम्ति व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको ट्रष्टसँग कुल २१ हजार ५ सय ६२ रोपनी, ४ आजा २ पैसा १ दाम जग्गा स्वामित्वका रहेको नेपाल ट्रष्टले जनाएको छ ।
‘नेपाल नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण सार्वजनिक कार्यक्रम’मा नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सो विवरण सार्वजनिक गर्दै त्यसमध्ये १७४ रोपनी जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको तथ्य समेत सार्वजनिक गरे ।
कहाँ कहाँ छन् ट्रष्टको सम्पत्ति ?
नेपाल ट्रष्टको नाममा आएको कुल जग्गामध्ये सबैभदा बढी धादिङमा छ भने सबैभन्दा कम ललितपुरमा रहेको जनाइएको छ । १५ हजार रोपनी जग्गा रहेको धादिङले कुल जग्गाको ७० प्रतिशत ओगटेको देखिएको छ ।
त्यस्तै, काठमाडौंमा ४ हजार ४ सय ४२ रोपनीले २०.६१ प्रतिशत, चितवनमा ७६७ रोपनीले ३.५६ प्रतिशत हिस्सा ओगटेको ट्रष्टले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । त्यस्तै, सुर्खेतमा ४ सय ५७ रोपनी, नुवाकोटमा २ सय ४० रोपनी, धनकुट्टामा १ सय ९४ रोपनी, कास्कीमा १ सय ७४ रोपनी, भक्तपुरमा १ सय १३ रोपनी सिन्धुपाल्चोकमा २७ रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेमा ९ रोपनी, ललितपुरमा ८ रोपनी जग्गा ट्रष्टको नाममा जग्गा रहेको जनाइएको छ ।
ट्रष्टसँग हाल रहेको सम्पत्तिमध्ये गोकर्णको गोकर्ण फरेष्ट रिसोर्ट, कमलादीको काठमाडौं प्लाजा, लाजिम्पाटको स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको भवन, टेकुमा रहेको विजिनेस पार्क, दरबारमार्गको कम्प्लेक्स, ताहाचलको सोल्टी आउटर कम्प्लेक्स रहेका छन् । यी सम्पत्तिहरु लामो समयका लागि लिजमा दिइएका हुन् ।
त्यस्तै, ताहाचलको रेडक्रस भवन, ताहाचलकै वैदेशिक रोजगार विभाग रहेको भवन र धनकुट्टाको चुलीवनको जग्गा छोटो अवधिका लागि भाडामा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोटो खिचेरै मासिक ३० हजार, खाडी जानु परेन
-
‘गोविन्दे’ नामको जंगली हात्तीले फेरि लियो अर्को ज्यान
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरि हार्यो
-
१२ बजे, १२ समाचार : राजावादी गतिविधि बढेसँगै माओवादी अभियान स्थगितदेखि कोटिहोम घटनाका दोषीलाई कारबाहीको मागसम्म
-
प्रिमियर लिगमा लिभरपुललाई १६ अंकको अग्रता
-
राजावादीको गतिविधि बढेको भन्दै माओवादीको जागरण अभियान स्थगित