बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ड्याट्सन गाडीको “हट डिल” योजनाका विजेता घोषणा

मङ्गलबार, १३ फागुन २०७६, १६ : ११
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं– ड्याट्सन गाडीको “हट डिल” योजनाका विजेता घोषणा गरिएको छ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दशैंतिहारको उपलक्ष्यमा संचालन गरेको “ड्याट्सन हट डिल” योजनाअन्र्तगत ग्राहकहरुलाई लक्षित गरी विभिन्न पुरस्कारहरु घोषणा गरेको थियो । 

यस योजनाअन्र्तगत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु “ड्याट्सन हट डिल” लक्की ड्रका लागि योग्य मानिएका थिए । यस योजनाका भाग्यशाली विजेताहरु १३ फागुनमा पायोनियर मोटो कर्पको आधिकारिक शोरुम थापाथलीमा घोषणा गरिएको छ ।

लक्की ड्र प्रक्रियाद्वारा १० जना भाग्यशाली जोडी थाइल्याण्डको भ्रमणका लागि तथा ५ जना भाग्यशाली ग्राहकहरु १०/१० ग्रामको सुनको सिक्काका लागि छानिएका छन् । सो कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८लीटर र १.० लीटर  तथा गो प्लस का आधिकारिक बिक्रेता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप