पूर्वराज्यमन्त्री साह विरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै, आजै फैसला हुने सम्भावना
जनकपुर । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह विरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई हुँदैछ । विशेष अदालतमा न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज अन्तिम सुनुवाइ सुरु भएको हो । पूर्वराज्यमन्त्री साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३१ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
धनुषा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद समेत रहेका साहले राज्यमन्त्री पदको व्यापक दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अभियोगमा २०७३ पुस २५ गते अख्तियार र २०७४ साल चैत १६ गते सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । धनुषा जिल्ला अदालतको फैसलापछि जेल सजाय भोगिरहेका पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती र अन्य परिवारका सदस्यसमेतको सम्पत्ति जफत हुनुपर्ने अख्तियारको माग दाबी छ ।
साहले पदमा रहँदा साढे ३१ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ । गैरकानुनी ढंगबाट आर्जन गरेको र सो सम्पति लुकाउन अन्य १३ प्रतिवादीले साथ दिएको दाबी अख्तियारको छ ।
विशेष अदालतमा सरकारी वकिलको बहस सकिएपछि साहको बचाउमा कानुन व्यवसायीले वकालत गरिरहेका छन् । साहको पक्षका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलले जवाफ दिनेछन् भने त्यसपछि विशेष अदालतले फैसला गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो