वास्तु टिप्सः घर फोहोर हुन्छ र सूर्यको प्रकाश पुग्दैन भने बढ्छ नकारात्मकता
घरमा राखिएको वस्तुका लागि शुभ–अशुभ दिशाबारे वास्तुमा जानकारी दिइएको हुन्छ । वास्तुमा नकारात्मकतालाई टाढा राख्न र सकारात्मकता बढाउने टिप्स पनि बताइएको छ । कोलकाताकी वास्तु विशेषज्ञ डा. दीक्षा राठीले वास्तुबारे केही विशेष जानकारी दिएकी छिन्, यी टिप्सबारे जानकारी लिऔंः
– घरको मेन गेट र भित्रका कोठा सधैं सफा राख्नुपर्छ । मेन गेटमा राती पनि पर्याप्त प्रकाश हुनुपर्छ । यस्तो गर्दा घरमा सकारात्मक ऊर्जा बढ्छ । फोहोरका कारण वास्तु दोष बढ्ने गर्छ । त्यसकारण सर–सफाईको विशेष ध्यान राख्नुहोस् ।
– दिनभरी कुनै पनि समयमा घरमा सूर्यको प्रकाश पर्छ भने यसले थुप्रै वास्तु दोष समाप्त हुन्छ । यदि घरमा सूर्यको प्रकाश आउँदैन भने नकारात्मकता रहिरहन्छ ।
– मुख्यद्वारमा भगवान गणेशको मूर्ती वा तस्बिर राख्नुपर्छ । ढोकामा ॐ पनि लेख्न सकिन्छ । यी शुभ चिन्हले घरमा सकारात्मकता रहिरहन्छ । ढोकाको ठिक अघि फूलको सुन्दर फोटो राख्नुहोस् ।
– सूर्यास्तपछि घरलाई अँध्यारो पार्नु हुँदैन । केही समयका लागि सही पूरा घरलाई उज्यालो बनाउनुपर्छ ।
– घरमा बादविवादको स्थिती पैदा हुन दिनु हुँदैन । शान्ति स्थापित गर्नुपर्छ । झैझगडाले नकारात्मकता बढाउँछ । यसले मानसिक तनाव बढाउँछ ।
– घरको आसपास कुनै सुख्खा रुख वा ठुटो छ भने त्यो तुरुन्त हटाउनुपर्छ । यसका कारण वास्तु दोष बढ्छ ।
– दैनिक बिहान चाँडै उठाउनुपर्छ र नुहाएपछि सूर्यलाई जल चढाउनुपर्छ । बिहान बेलुकी घरमा केही बेरका लागि मन्त्र जप गर्नुहोस् । मन्त्र जप गर्दा वातावरणमा सकारात्मकता बढ्छ । मनको नकारात्मक विचार भाग्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?