कमलको ‘कृशा’ सार्वजनिक
काठमाडौं । गायक कमल घलेको एल्बम ‘कृशा’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार संघका उपाध्यक्ष महेश खड्का, बरिष्ठ संगीतकार राजु सिंह, चलचित्र विकास बोर्डका पूर्व सदस्य उत्तम केसी लगायतले सामूहिक रुपमा ‘कृशा’ सार्वजनिक गरेका थिए ।
चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष गीता अधिकारी, गीतकार संघ नेपालका पूर्व उपाध्यक्ष भरत बमजन, युथ क्रियशन म्युजिकका अध्यक्ष रमेश थापा लगायत समेत उपस्थित रहेको कार्यक्रममा एल्बमभित्र रहेको गीत ‘गलबन्दी ताना तान...’ को भिडियो पनि देखाइएको थियो । जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी बर्देबा र राज खड्काको अभिनय दख्न सकिन्छ ।
एल्बममा भने ‘मेरो त लफडा भा छ यार...’, ‘गलबन्दी ताना तान...’, ‘दुई चुल्ठी कपाल...’, ‘प्रिति चोखो छ...’, ‘तिमीलाई देख्दा छिट्टो छिट्टो...’, ‘मूलको पानी...’, ‘लाउन हो माया पिरती...’, ‘वर्षौ वर्ष तिमीलाई मैले...’, पश्चिममा राम्रो पोखरा...’, ‘मलाई जुनको होइन उनको...’ जस्ता एघार ओटा गीत समावेश छ ।
जसमा सुशीला पौडेल, राज खडका, आशुतोष राई, गोपी दाहाल, विनोद खुम्बुको शब्द, र अर्जुन पोखरेल, राज खड्का, विनोद खुम्बु र आशुतोष राईको संगीत रहेको गीतमा मेलिना राई, जुन प्रसाईं, मिलन नेवार र दीपा तामाङले स्वर दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान