शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दराजको एप्पि शपिङ्ग, ६०% सम्मको छुटसहित यस्ता छन् अन्य अफर

मङ्गलबार, १३ फागुन २०७६, १३ : ३२
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं– एपमा शपिङ्ग गर्न अझै रमाईलो बनाउने उद्देश्य लिएर, नेपालको बृहत अनलाइन शपिङ्ग साइट दराजले एप्पि शपिङ्गको साथ २०२० को पहिलो शपिङ्ग अभियान घोषणा गरेको छ ।

फेब्रुअरी २५ देखि मार्च २ सम्म हुने यस १ हप्ता लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूकोे माध्यमबाट रमाइलो र अन्तरक्रियात्मक एप अनुभव पुर्याउनेमा केन्द्रित छ । 

दराजको अन्तरक्रियात्मक गेम जोनले एप प्रयोगकर्ताहरूलाई रोमाञ्चक खेलहरू खेली उपहार जित्ने अवसर प्रदान पनि गर्दछ । यसबाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेक जस्ता आकर्षणहरू पनि छन् । 

प्रयोगकर्ताहरूले दराजको शेक शेक गेममार्फत थप छुट प्राप्त गर्न पनि सक्दछन् । यसबाहेक, कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स विशेष समयमा आयोजित हुनेछ ।

यो एप अभियानमार्पmत दराजले मेगा डिलहरू प्रदान गर्नेछ जसअन्तर्गत धेरै उत्पादनहरूमा ६०% सम्मको छुट हुनेछ । यसबाहेक, प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिन सक्छन् । साथै यस अभियानमा दराजले निःशुल्क वितरण, उपहारहरु, बन्डल अफरहरू र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्नेछ । 

यी बाहेक, ग्राहकहरूले दराजको बैंकिङ्ग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको मज्जा लिन सक्छन् । दराजको बैंकिङ्ग साझेदारहरू नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंक हुन् । प्रत्येक बैंकले हप्ता भरि विशेष दिनहरूमा छुट प्रदान गर्दैछ ।

दराजका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, “हामीले २०२० भरि आयोजना गर्न चाहेको थुप्रै अभियानहरू मध्ये यो पहिलो अभियान हो । यस अभियानको माध्यमबाट हामी हाम्रा ग्राहकहरूको एप अनुभवलाई बढी अन्तरक्रियात्मक र रमाइलो बनाउन चाहान्छौं ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप