जुवाको खालबाट महिलासहित ५ जना पक्राउ
मङ्गलबार, १३ फागुन २०७६, १२ : ५७
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ५ जना पक्राउ परेका छन् ।
थाहा नगरपालिका ९ चित्लाङमा रहेको एउटा घरमा जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले नगदसहित ५ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकाश कुमार तामाङले जानकारी दिए ।
उनीहरुको साथबाट लगद ६४ हजार ७ सय रुपैयाँ र तास बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा थाहा ९ का सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सानु कान्छा गोले, राम कुमार स्याङ्गतान र सानु माया बलामी रहेका छन् ।
उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा