फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेताको नाम

काठमाडौं– नेपालको अग्रणी मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ ।
दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बन्न सफल भए ।
दुबई ट्रिप जित्ने व्यक्तिले थप तीनजना व्यक्तिलाई पनि आफुसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।
फोन पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना उपहार योजना सञ्चालन गरिरहेको छ । । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ ।
दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् ।
यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीनजनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् ।
यसैगरी, साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । फोन पेका हाल ९० हजार भन्दा धेरै मर्चेन्ट रहका छन् भने नेपालभरका ५० भन्दा बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् । फोन पेले सदस्य बैंक तथा वित्तीय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक