केन्द्रीय संस्करण

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेताको नाम

person explore access_timeफागुन १३, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपालको अग्रणी मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । 

दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बन्न सफल भए । 

दुबई ट्रिप जित्ने व्यक्तिले थप तीनजना व्यक्तिलाई पनि आफुसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना उपहार योजना सञ्चालन गरिरहेको छ । । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । 

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । 

यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीनजनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा  कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । 

यसैगरी, साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । फोन पेका हाल ९० हजार भन्दा धेरै मर्चेन्ट रहका छन् भने नेपालभरका ५० भन्दा बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् । फोन पेले सदस्य बैंक तथा वित्तीय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...