शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोधि श्रवण धर्म संघले पदयात्रा र परिसंवाद गर्ने

मङ्गलबार, १३ फागुन २०७६, १२ : १४
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौँ । बोधि श्रवण धर्म संघले ‘विश्व शान्ति महा मै मैत्री शान्ति पदयात्रा’ र ‘बोधि मार्ग दर्शन महा मै मैत्री सर्व धर्म परिसंवाद कार्यक्रम’ गर्ने भएको छ ।

संघका सचिव भूमिनन्द देवकोटाका अनुसार गत माघ २४ गते झिसमिसेमै नेपाल प्रहरीको समूहले क्याझोक्पामा तोडफोड गरी प्रवेश गरेको र अभद्रता प्रदर्शन गरेकोमा आपत्ति प्रकट गर्दै फागुन १७ गते शान्ति पदयात्रा र परिसंवाद कार्यक्रम गर्न लागिएको हो ।

भृकुटीमण्डपबाट बिहान ७ बजे पदयात्रा सुरु हुने उनले बताए । पदयात्रा न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी, केशरमहल, दरबारमार्ग, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुगेर समापन हुने उनले जानकारी दिए । त्यसपछि भृकुटीमण्डपमै परिसम्वाद कार्यक्रम हुने बताइएको छ । 

यस्तैगरी संघले आफ्ना ‘गुरु’ तपस्वी रामबहादुर बमजनका बारेमा जानकारी दिने उद्देश्यले बुधबार सांग्रिला होटल काठमाडौँमा अन्तरसंवाद कार्यक्रमसमेत गर्दैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप