शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चन परिवारबाट पाए ‘डेनी’ ले नाम, किन गरेनन् ‘शोले’ मा काम ?

मङ्गलबार, १३ फागुन २०७६, ११ : ५७
मङ्गलबार, १३ फागुन २०७६

बलिउडमा आफ्नो दमदार आवाज र अभिनयमार्फत् दशकौंसम्म प्रशंसकको मन जित्न सफल नायक डेनीको आज जन्मदिन हो । डेनी आज आफ्नो ७२ औं जन्मदिन मनाइरहेका छन् । डेनीको नाम बलिउडको सबैभन्दा खतरनाक भिलेनमा समावेश छ । डेनीको वास्तविक नाम छिरिङ फिन्त्सो डेन्जोङ्पा हो । उनको जन्म सिक्कीममा भएको हो । उनी बाल्यकालदेखि नै भारतीय सेनामा भर्ती हुन चाहन्थे तर आमाले उनलाई यसो गर्न दिइनन् ।

सायद तपाईंलाई थाहा नहोला कि फिल्म ‘शोले’ मा गब्बर सिंहको भूमिकाका लागि डेनीलाई प्रस्ताव गरिएको थियो तर उनले अस्विकार गरे । उनको जन्मदिनको मौका पारेर उनीबारे केही जानकारी लिऔंः

‘शोलेमा काम गर्न अस्विकार गरेका थिए’

फिल्म जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल डेनीले आफ्नो करियरमा थुप्रै हिट फिल्ममा काम गरे । भारतीय सिनेमामा अत्यधिक सफल मानिने फिल्म शोलेमा उनलाई काम गर्नका लागि प्रस्ताव गरिएको थियो । उनले अस्विकार गरेपछि मात्रै अमजद खानले गब्बर सिंहको भूमिका निभाएका थिए । वास्तवमा, त्यतिबेला डेनी फिल्म ‘धर्मात्मा’ को सुटिङ गरिरहेका थिए । त्यसै कारण उनले शोलेमा काम गर्न अस्विकार गरिन् ।

जया भादुडीले राखिदिइन् नामः

एक अन्तर्वार्तामा डेनीले जया भादुडी उनको सहपाठी भएको बताए । उनका अनुसार कलेजमा उनको नामको निकै खिल्ली उडाइन्थ्यो त्यसकारण जया भादुडीले उनको नाम डेनी राखिदिइन् । त्यसपछि नै उनको नाम डेनी भयो । सिक्कीममा नेपाली बोल्ने भएकोले डेनीलाई हिन्दी बोल्न आउँदैनथ्यो त्यसकारण उनले आफ्नो करियरमा निकै संघर्ष गर्नुपर्यो । यस्तोमा डेनी घण्टौंसम्म समुद्रसँग कुरा गर्दै आफ्नो हिन्दीलाई राम्रो बनाउने कोसिस गर्दथे ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Reunion of old friends! #RishiKapoor, #DannyDenzongpa, #PremChopra, #Jeetendra, #Paintal and #Ranjeet.

A post shared by Bollywoodirect (@bollywoodirect) on

यी फिल्ममा गरे कामः

डेनीले ‘अग्निपथ, हम, अन्दर बाहर, चुनौती, क्रान्तिवीर, अन्धा कानून, घातक र इन्डिन’ जस्ता फिल्ममा भिलेनको भूमिका निभाए । यस्तै, धर्मात्मा, खोटे सिक्के, चाइना गेट, अशोका, मेरे अपने र काला सोनाजस्तो फिल्ममा सह–कलाकारको रुपमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप