सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

खाद्य संस्थानले २५ सय खसी–बोका र च्याङ्ग्रा किन्दै, उपत्यकाका ८ स्थानमा सुपथ मूल्य पसल

सोमबार, १२ भदौ २०७४, १२ : ५९
सोमबार, १२ भदौ २०७४

काठमाडौं– विगत वर्षहरुमा जस्तै यस वर्षपनि नेपाल खाद्य संस्थानसहित साल्ट ट्रेडिङ्ग कर्पोरेसन र नेशनल ट्रेडिङ्गलेले दशैँ–तिहार लक्षित  कार्यक्रम संचालन गर्ने भएका छन् ।  
 जसअनुसार खाद्य संस्थानले  दशैँ–तिहारमा १५ सय खशी, बोका र १ हजार च्याङग्रा खरिद गर्ने जनाएको छ । खशी, बोका खरिद गर्ने काम , प्रदेश नम्बर २ को स्थानिय चुनाव सकिएतगत्तै   सुरु गरिने संस्थानका अञ्चल प्रमुख भेषनाथ न्यौपानेले बताए । 

संस्थानले खसी–बोका लहान,जनकपुर  वीरगन्जबाट खरिद गर्दै आइरहेको छ । अहिले तराईमा आएको बाढी र डुवानको कारण खसी–बोका खरिद गर्न नसेको खण्डमा अन्य जिल्लाबाट खरिद गरिने पनि जनाइएको छ ।  च्याङग्रा भने  मुस्ताङबाट ल्याइने तयारी छ । 


सधैजसो दशैमा उपभोक्तालाई आपूर्ति व्यवस्थापनमा समस्या हुने र सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना पहिलादेखि नै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । ‘नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग कर्पोरेसन र नेशनल ट्रेडिङ्गले छुट सुविधा सहितका सुपथ मूल्य पसल सञ्चालन गर्ने छन्’ उनले भने ‘यसमा विक्री वितरण प्रणाली, अनुगमन र चुहावट नियन्त्रणलाई पनि प्रभावकारी बनाईने छ ।’ 

सहुलियत पसलहरुमा चामल प्रति परीवार ३० केजि, नुन प्रति परिवार ६ केजी र नुनप्रति परीवार ६ केजीका दरले विक्रीवितरण गरीनेछ । सहुलियत दरका सुपथ मूल्य पसलहरुमा नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, बासमति चामल र फापरमा १० रुपैयाँ, बासमति बाहेकका चामलमा ५ रुपैयाँ,  खसीबोका र च्यांग्रामा १० रुपैयाँ प्रति केजिका दरले छुट दिएर विक्री हुनेछन् । 
 
 संस्थानबाट १२ थरीका चामल  सुपथ मुल्यमा विक्रि गरिने तयारी छ । बास्मती, ब्राउन बास्मती, जिरा मसिनो ,अर्ग मकवानपुर ,अर्ग सोना मन्सुली गरी १२ थरीका चामल सुपथ मुल्यमा राखिने संस्थानले जनाएको छ ।  संस्थानको गोदाममा ३८ हजार क्विंन्टल चामल रहेको छ । चामल बर्दियाको राजापुर र जनकपुरबाट चामल खरिद गर्दै आईरहेको छ । संस्थानले दिएको जानकारी अनुसार चामल,सिमी ७ सय क्विंन्टल , तिते फापरको पिठो ७ सय क्विंन्टल र कुवा रहेको छ ।  


यसवर्ष  सुपथ मूल्य पसल उपत्यकामा ८ स्थानमा संचालन गर्ने जनाइएको छ । भदौ १६ देखि रामशाहपथ, जावलाखेल, भक्तपुर, जोरपाटी, कोटेश्वर, नख्खु, बल्खु र थापाथलीमा सुपथ मुल्यको पसल संचालन गरिने छ । सूपथ मूल्य पसल  छठ पर्व सम्म संचालन गरिने छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप