शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेखा लडेपछि भाइरल बन्यो भिडियो

मङ्गलबार, १३ फागुन २०७६, १० : ४५
मङ्गलबार, १३ फागुन २०७६

बलिउडकी सुन्दर अभिनेत्री रेखाको मिठो मुस्कान र सारीको प्रशंसा नगर्ने सायदै होलान् ।

पछिल्लो सयम फिल्म क्षेत्रबाट टाढिएकी रेखा सार्वजनिक कार्यक्रमहरुमा भने बाक्लै भेटिने गरेकी छिन् ।

केही दिन अगाडि मात्रै भारत चर्चित फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्चमा पुगेकी रेखाको एउटा भिडियो भाइरल भएको छ ।

बलिउड अभिनेत्री रेखाको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रेखा तस्बिर खिचाइरहेकी हुन्छिन् । तस्बिर खिचाउने क्रममा उनी फ्लोरमा झरिन् । फ्लोरमा पुगेपछि उनले कुर्सीमा नबसी भुइँमा बसेर प्रशंसकहरुसँग तस्बिर खिचाइन् । त्यसपछि उठ्ने क्रममा सारीमा अल्झिएर लड्न पुगिन् । 

सदाबहार सुन्दरी रेखा उक्त कार्यक्रममा सुनौलो रङको बोर्डर भएको सेतो सिल्की सारीमा उपस्थित भएकी थिइन् । उनले सुनौलो रङको झुम्का लगाएकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप