अमिताभले बिहान ३ बजे प्रश्न सोधे, ‘यार, यो चश्माको फेसन कसले बनायो ?’ प्रशंसकले भने, ‘सुत्नुहोस् सर’
अमिताभ बच्चन सोसल मिडियमा निकै सक्रिय छन् । ब्लग लेख्नेबाहेक उनी ट्वीटर र इन्स्टाग्राममार्फत् आफ्ना प्रशंसकसँग ‘टच’ मा रहिरहन्छन् । हालै उनले इन्स्टाग्राममा एउटा फोटो सेयर गरे । यो पोष्टमा अमिताभ बच्चनले लेखेका छन्, ‘यार, यो चश्माको फेसन कसले बनायो ? तर जसले पनि बनायो, सही बनायो । उमेर बढेसँग आँखाको चारैतिर जुन चाउरी पर्छ, त्यो पछाडि नै लुक्छ ।’
मंगलबार बिहानै ३ बजे सेयर गरेको यो पोष्टमा प्रशंसकले निकै रोचक जवाफ दिएका छन् ।
प्रशंसकले दिए सल्लाह, सर सुत्नुहोस्ः
त्यो समयमा सोसल मिडिया प्रयोग गरेकोमा बिग बीका केही प्रशंसकले उनलाई आराम गर्न सल्लाह दिँदै लेखेका छन्, ‘सर, सुत्नुभएन कि कसो ?’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘सर, के भयो ? आज निद्रा लागेन कि कसो ?’ साथै अर्का एक प्रयोगकर्ताले लेखे, ‘सर सुत्नुहोस् ।’
यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘कम्प्युटर जीलाई सोध्नुहोस्, उनलाई थाहा होला ।’ यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘सर राती ३ बजे तपाईंको यो पोष्टले भन्छ कि तपाईंलाई हामीसँग टचमा रहन कति मनपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा