शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिता हुँदै

मङ्गलबार, १३ फागुन २०७६, ०८ : ५०
मङ्गलबार, १३ फागुन २०७६

डिसीः अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिता हुने भएको छ । 

नेपाली मूलका ते–क्वान्दो प्रशिक्षक–गुरु कुमार कार्कीद्वारा संचालित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले एकडेमीले एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिता बारेमा जानकारी दिएको हो । 

उक्त ते–क्वान्दो प्रशिक्षण केन्द्रले आगामी मे १५–१६ दिन बाल्टिमोरमा  तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको हो । खेलमा ५ सय खेलाडीहरुको सहभागिता हुने प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिताका आयोजक ते–क्वान्दो गुरु कुमार कार्कीले बताए ।

नेपाल ,भारत,बंगालादेश ,अमेरिका,क्यानडा ,कोरिया लगायत देशहरुका खेलाडीहरुको सहभागिता हुने बताए ।  प्रतियोगिता मे १६ का दिन हुनेछ । मे १५ का दिन खेलाडीहरु आउने र नाम दर्ता गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप