दिल्लीमा हिंसाः पुलिस अधिकारीसहित ५ को मृत्यु, २५ घाइते
दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरुद्ध विरोध प्रदर्शन लगातार दोस्रो दिन हिंस्रक भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार उक्त हिंसामा अहिलेसम्म चार सर्वसाधारणको र एक पुलिस अधिकारी मृत्यु भएको छ ।
दिल्ली सरकारमा मन्त्री गोपाल राय बाबरपुर इलाकामा गोलीबारी र आगलागीको घटना सार्वजनिक भएपछि संवेदनशील इलाकामा पुलिस बल पठाउने निवेदन लिएर दिल्लीको उप राज्यपाललाई भेट्न उनको आवास पुगेका छन् ।
तर यो खबर लेखुञ्जेलसम्म दिल्लीको पर्यावरण मन्त्री गोपाल रायसँग एलजी अनिल बैजालको भेट हुन सकेको छैन ।
सोमबार के भयो ?
सोमबार दिउँसो र बेलुका भएको हिंस्रक घटनामा चारजनाको मृत्यु भएको छ ।
जाफराबादमा बस्ने मोहम्मद सुल्तान नामका प्रदर्शनकारीको खुट्टामा गोली लागेका कारण मृत्यु भएको छ ।
पुलिस अधिकारीले बीबीसीसँगको कुराकानीमा गोली सुल्तानको खुट्टामा लागेको तर अत्यधिक रक्तश्राव भएका कारण उनको मृत्यु भएको बताएका छन् ।
यस्तै प्रदर्शनका क्रममा शाहिद अल्वी नामका टेम्पो चालकको पनि गोली लागेका कारण मृत्यु भएको छ । शाहिद अल्वी मूल रुपमा उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको डिबाई क्षेत्रका बासिन्दा हुन् ।
उनका भाइ राशिद अल्वीले बीबीसीलाई भने, ‘शाहिद अटो चलाउँथे । दंगाका बेला उनको पेटमा गोली लाग्यो । उनको शवलाई पोस्टमार्टमका लागि जीटीबी अस्पताल पुर्याइएको छ ।’
शाहिदको विवाह दुई महिना अघि मात्रै भएको थियो । उनी दिल्लीको मुस्तफाबाद इलाकामा भाडामा बसिरहेका थिए ।
जीटीबी अस्पतालमा भएका बीबीसी संवाददाता प्रशान्त चहलका अनुसार अस्पतालमा २५ घाइतेलाई भर्ना गरिएको छ ।
अस्पताल स्रोतले प्रशान्त चहललाई बताए अनुसार २५ जनालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको छ । तीमध्ये एक डीसीपी छन् जसलाई मेक्स अस्पताल रिफर गरिएको छ । रतन लाल नामका पुलिसकर्मी र अन्य एक युवकलाई मृत अवस्थामा अस्पताल पुर्याइएको थियो । घाइतेलाई क्रिटिकल केयरमा राखिएको छ ।
जीटीबी अस्पताल प्रशासनले डाक्टरको ड्युटी बढाइदिइको छ ।
यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार उक्त हिंसामा एक हेड कन्सटेबलको पनि मृत्यु भएको छ । मारिएका हेड कन्सटेबलको नाम रतन लाल हो ।
थुप्रै इलाकामा ढुङ्गा हानाहान र आगलागीपछि स्थिती तनावग्रस्त भएको छ ।
हज्जारौंको संख्यामा भएको भीडमाथि नियन्त्रण पाउनका लागि पुलिसले अत्यधिक मिहिनेत गर्नुपरेको छ ।
पुलिसको लाठीचार्ज पछि भाडदौडको स्थिती सृजना भएको छ ।
थुप्रै घर र व्यापारिक प्रतिष्ठानमाथि पनि आगजनी गरिएको छ । जुन इलाकामा हिंसा भएको छ त्यहाँ मुसलमानको ठूलो जनसंख्या छ ।
हिंसालाई ध्यानमा राखेर दिल्ली मेट्रोले सरक्षाका कारण पाँच स्टेशन बन्द गरेको छ । यो स्टेशन जाफराबाद, मौजपुर–बाबरपुर, गोकुरलपुरी, जोहरी एन्कलेव र शिव विहार ।
बाबरपुर–मौजपुर मेट्रो स्टेशनमा भारी मात्रामा ढुङ्गा हानाहान भएको छ । यहाँ कम्तीमा दुई वाहनमा आगलागी गरिएको छ ।
सलमान रावी/ बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई