शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प र मोदीद्वारा अहमदावादमा ऐतिहासिक सम्बोधनः  इन्डो–प्यासिफिक रणनीतिबारे बोले ट्रम्प

सोमबार, १२ फागुन २०७६, २२ : १९
सोमबार, १२ फागुन २०७६

एजेन्सी । भारतको अहमदावादस्थित एक विशाल कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक विशाल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

अहमदावादस्थित सरदार पटेल स्टेडियम (रंगशाला) मा आयोजित ‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा विश्वका दुई शक्तिशाली अर्थतन्त्रको नेतृत्व गरेका दुवै नेताले आफ्नो सम्वोधनमा एकअर्काको प्रशंसामा व्यापक समय खर्चिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका हुन् । गुजरातमा उनको भव्य सार्वजनिक स्वागत गरिएको छ । विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका थिए । दुई नेताबीच पटक(पटक अङ्कमाल गरी विशेष निकट सम्बन्धको सन्देश दिइएको थियो । महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको अवलोकन भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई साथ दिएका थिए ।

राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ । ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले ट्रम्प र उनकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गरेका थिए । उनले ट्रम्पको भ्रमणले दुई देशको मित्रतालाई विशेष उचाइमा पु¥याएको बताए । ट्रम्पले पनि भारतीय हिन्दुवादी नेता तथा प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए । ‘सामान्य परिवारमा जन्मिएर भारतको कार्यकारी बन्नु भारतीय प्रधानमन्त्री मोदीको सफलता हो,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘मोदीको नेतृत्वमा भारतले मलाई दर्शाएको आतिथ्यता मेलै कहिल्यै भुल्ने छैन ।’ 

भारत र अमेरिकाको नेतृत्व इन्डो–प्यासिफिक रणनीतिमा साझेदारीका साथै विश्व अर्थतन्त्र विकासका लागि महत्वपूर्ण रहने भनाई ट्रम्पको थियो । ‘हामीले इन्डो प्यासिफिक कार्यक्रममार्फत विश्वकै प्रगतिमा योगदान गर्नसक्छौं ।’ 

उक्त अवसरमा अमेरिकी राष्ट्रपतिले आतङ्कवादसँग लड्न अमेरिकाले भारतलगायतका एशियाली मुलुकसँग विशेष सहकार्य गरिरहेको प्रसङ्ग जोड्दै अमेरिकाले आतङ्कवादलाई परास्त गर्न पाकिस्तानसँग पनि राम्रो सम्बन्ध रहेको उल्लेख गरेका थिए ।

 यसै प्रसङ्गमा राष्ट्रपति ट्रम्पले संसारबाट स्लामिक स्टेटजस्ता आतङ्कवादी सञ्जाललाई परास्त गर्न विश्व समुदाय एक हदसम्म सफल बनेको र आगामी चुनौतीको पनि एकतावद्ध भएर सामना गर्ने ट्रम्पको भनाई रहेको थियो । सम्वोधनलगत्तै उनले भारतको प्रसिद्ध ऐतिहासिक स्थल ताजमहलको अवलोकन भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप