शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्वान्टिटी भन्दा क्वालिटीलाई बढी ध्यान दिन्छु -  साम्राज्ञी (भिडियो)

सोमबार, १२ फागुन २०७६, २३ : ०७
सोमबार, १२ फागुन २०७६

 लन्डन।  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ को विशेष शोका लागि यतिबेला बेलायतमा छिन् । 

आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शनीका लागि नायिका साम्राज्ञीका साथमा निर्माता पुनम गौतमपनि उपस्थित भएकी थिइन् । 

तेस्रो पटक बेलायत आएकी साम्राज्ञीले यसपाली चाहिं मजाले बेलायत घुमेर फर्किने  बताएकी छन् । सफल मोडेल महेश विक्रम शाह र गायिका नेह राज्य लक्ष्मी शाहको कोखबाट जन्मेकी सम्राज्ञी  सन् २०१६ बाट नेपाली फिल्म ड्रिम्स  मार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । 

आफूले फिल्म चयन गर्दा फिल्मका टिम, ब्यानर डाइरेक्टरलगायत र विषयलाई अध्ययन गरेर मात्र फिल्म खेल्ने गरेको उनले बताइन् । 

क्वान्टिटी भन्दा क्वालिटीप्रति बढी ध्यान दिने गरेको पनि उनले बताइन् । पछिल्लो समयमा फिल्मी क्षेत्रमा कम देखा परेकी साम्राज्ञीलाई दर्शकको माया कम भएको हो कि भन्ने प्रश्नमा उनले भनिन् ‘ फिल्ममा खेल्नु अघि धेरै कुरालाई विचार गर्नुपर्ने हुन्छ, बरु थोरै सिनेमा खेल्ने तर राम्रो क्वालिटीको मात्र  खेल्ने आफ्नो सोच रहेकोले त्यत्ति धेरै फिल्महरुनआएको उनले बताइन् । 

चलचित्र मारुनी तेस्रो लिंगिसँग सम्बन्धित छुट्टै कथाबस्तुमा आधारित सिनेमा भएकोले आफूलाई मन परेको उनले बताइन् । उक्त फिल्मबाट आफू सन्तुष्ट नै रहेको उनको धारणा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप