शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्नुपर्छः मुख्यमन्त्री राउत

सोमबार, १२ फागुन २०७६, २२ : ०९
सोमबार, १२ फागुन २०७६

धनुषा । मुख्यमन्त्री लालबावु राउतले कृषिलाई औद्योगिकीकरण गर्नपर्ने आवश्यकता रहेको बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरद्वारा आज यहाँ आयोजित खाद्य मेलाको समापन समारोहमा मुख्यमन्त्री राउतले मुलुक कृषिप्रधान मुलुक रहेपनि कृषिको औद्योगिकीकरण हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे ।

खाद्य मेलाले कृषि उत्पादनलाई कसरी औद्योगिकीकरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उनले यस मेलाको माध्यमबाट कृषि क्षेत्रको विषयमा जानकारी प्राप्त भएको बताए । मुख्यमन्त्री राउतले प्रदेश नं २ का किसानलाई मेलाको माध्यमबाट सिकेको ज्ञानलाई सदुपयोग गरी कृषि क्षेत्रको विकासतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिए । मुलुकमा कृषि क्षेत्रको उत्थानका लागि सरकारले दिने गरेको अनुदान किसानकै खातामा पुग्न नसकेको उल्लेख गर्दै उनले कृषि क्षेत्रमा देखिएका बिचौलियालाई निरुत्साहित गर्न योजना ल्याउनुपर्ने धारणा राखे । 

सो अवसरमा मेलामा सहभागी स्टलमध्ये उत्कृष्ट भएकालाई पुररस्कार प्रदान गरिएको थियो । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ भन्ने मूल नाराका साथ यही फागुन १० गतेदेखि मेला सञ्चालन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप