नेता खनालको प्रश्न ः ज्ञानेन्द्र कार्कीजीले एमसीसीमा के हेरेर हस्ताक्षर गर्नुभयो ?
काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता गर्दा नेपाली काँग्रेसले गरेको गल्ती सरकारले सच्याउने बताएका छन् ।
नेकपाद्वारा गठित एमसीसी अध्ययन कार्यदलका संयोजक समेत रहेको नेता खनालले एमसीसी सम्झौतामा हस्ताक्षर गर्दा काग्रेसले के हेरेर गरेको भन्दै प्रश्न समेत गरे ।
पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘सम्झौतामा अमेरिकाको न्युयोर्क सिटीको कानुन नेपालमा लागू हुने भनिएको छ । त्यो भनेको के हो ? काँग्रेस नेतृत्वका सरकार अर्थमन्त्री ज्ञानेन्द्र कार्कीजीले के हेरेर त्यतिबेला हस्ताक्षर गर्नु भयो ?’
अमेरिकाको कानुन कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नहुने भन्दै त्यतिबेला काँग्रेसले गरेको गल्ती यो सरकारले सच्याउँछ नेता खनालको भनाइ थियो । तत्कालीन काँग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी परियोजनामा हस्ताक्षर गरेको थिए ।
एमसीसी जस्ताको त्यस्तै कार्यान्वयन गर्दा नेपालले ठूलो मूल्य चुकाउने पनि खनालले बताए । खनालको नेतृत्वको कार्यदलले एमसीसीका केही बुँदा सच्याएर मात्र पास गर्नुपर्ने सुझाव सहित अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण