शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ढुंगाअड्डामा ब्रेक फेल भएको ट्रकको वितन्डा

सोमबार, १२ फागुन २०७६, २० : ५२
सोमबार, १२ फागुन २०७६

काठमाडौं ।  काठमाडौंको ढुंगाअड्डामा ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ । उक्त दुर्घटनामा ४ जना घाइते समेत भएका छन् ।

घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

ट्रकले करिब एक दर्जन सवारी साधनलाई ठक्कर दिएको प्रहरीले जनाकारी दिएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप