बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

कोरोनाको कोरिया त्रास : कस्ताे छ नेपालीकाे स्‍थिति ?

कोरोनाको उच्च जोखिम तर संक्रमणको विषयमा संकटकै स्थिति भने छैन
सोमबार, १२ फागुन २०७६, २० : १०
सोमबार, १२ फागुन २०७६

डा. सरोज धितालको ‘कोरोनामा हराएको करुणा’ शीर्षकको लेख पढ्दैथिएँ । डा. धितालको तर्क छ, ‘साड्रन्फ्र्वाईड अर्थात अरूका अप्ठ्यारा वा दुःखमा रमाउने र सन्तुष्टि लिने परपीडक मानसिकता कुनै न कुनै रूपमा मानिसमा रहिरहन्छ । उहाँका अनुसार, कोरोना भाइरसको नाममा विश्वमा फेरि दुई ध्रुवमा बाँडिएको  छ । एकथरलिे अमेरिकी षड्यन्त्र देखिरहेको छ भने अर्कोथरीले चीनले नै जैविक हतियारका रूपमा प्रयोग गरेको दाबी गरिरहेको छ ।

विभाजनको यो खतरनाक असरले अन्ततः मानव सभ्यतामथि ‘लडेमथि मुड्की थप’को स्थिति नआउला भन्न सकिन्न ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातातिरबाट चीनको ऊहानस्थित हुबेई सहरमा अप्रत्याशति रुपले फैलिएको कोभिड–१९ नोबेल कोरोना भाइरसको सङ्क्रमणबाट मत्यु हुनेहरूको सङ्ख्या यो विवरण तयार पारुन्जेलसम्ममा २ हजार ४७० जना पुगिसकेको छ भने सङ्क्रमितहरूको सङ्ख्या ७८ हजार ९९८ जना छन् । चीनपछि तीव्र गतिमा संक्रमणको ग्राफ उकालो चढिरहेको दक्षिण कोरियामा संक्रमणको पहिलो पुष्टि भएको हप्ता दिन नबित्दै ६ जनाको मृयु भइसकेको छ भने ६०२ जना संक्रमित भएको बताइन्छ ।


दक्षिण कोरियाको थेगु सहरबाट एकाएक सुरु भएको कोरोनाको प्रकोप तत्कालै सघन मानव आवतजावत हुने प्रमुख सहरहरूमा विस्तार भएको थियो । कोरियाको सबै ठाउँमा छरिएर रहेका लगभग ५० हजार नेपालीहरू समेत अहिले कोरोनाको उच्च जोखिममै छन् ।


दक्षिण कोरियाको थेगु सहरबाट एकाएक सुरु भएको कोरोनाको प्रकोप तत्कालै सघन मानव आवतजावत हुने प्रमुख सहरहरूमा विस्तार भएको थियो । कोरियाको सबै ठाउँमा छरिएर रहेका लगभग ५० हजार नेपालीहरू समेत अहिले कोरोनाको उच्च जोखिममै छन् । यद्यपि बाहिर प्रचार गरिए जस्तो वा हल्ला फैलिए जस्तो संक्रमणको विषयमा संकटकै स्थिति भने छैन । बरु रोजगारीमा रहेकाहरूलाई रोजगारीमा समस्या हुनसक्छ । किनकि यहाँको सरकारले हिजोबाट मेडिकल इमजेन्सी लगाइसक्यो । जसले गर्दा चीनमा जस्तै एउटा सहरको बीचमा सम्पर्क विच्छेद गर्ने, सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आयो भने रोजगारीमा रहेका अधिकांश नेपालीहरु (केहीबाहेक) आफूहरु सुरक्षित रहेको बताइरहेका छन् ।  कोरोनासम्बन्धी यहाँको सुरक्षा जानकारी सावधानी तथा कामदारहरु कार्यरत कम्पनीहरुले अपनाउने सुरक्षा प्रणालीय सचेतना जस्ता कुराहरु विश्वसनीय छन् ।


हरेक घण्टाजस्तो मोबाइल फोनमा टेलिकमले सुरक्षा जानकारी प्रवाह गरिरहेको हुन्छ भने स्थानीय प्रशासनबाट दैनिक जनचेतनामूलक र जानकारीमूलक माइकिङ गरिरहेको छ । कम्पनीहरुले बाहिर निस्कन सख्त कडाइ गरेका छन् भने हत्तपत्त अति जरुरी काम नपरेबाहेक बाहिर निस्कन अनुमति दिइरहेका छैनन् ।


हरेक घण्टाजस्तो मोबाइल फोनमा टेलिकमले सुरक्षा जानकारी प्रवाह गरिरहेको हुन्छ भने स्थानीय प्रशासनबाट दैनिक जनचेतनामूलक र जानकारीमूलक माइकिङ गरिरहेको छ । कम्पनीहरुले बाहिर निस्कन सख्त कडाइ गरेका छन् भने हत्तपत्त अति जरुरी काम नपरेबाहेक बाहिर निस्कन अनुमति दिइरहेका छैनन् । अत्यावश्यक काममा जानुपरे पनि अत्यन्तै सावधानीपूर्वक भीडभाडबाट टाढै रहन सुझाइरहेका हुन्छन् । रेलवे स्टेसनहरुमा आफैले ज्वरो मापन गर्ने उपकरणहरु राखिएका छन् जसले आफूलाई शङ्का लागेमा आफै शरीरको तापक्रम नाप्न सकिन्छ । किनभने कोरोना भाइरस संक्रमणको लक्षणहरुमध्ये निरन्तर १०२ डिग्रीभन्दा बढी ज्वरो आउनुलाई मुख्य लक्षण मानिएको छ । प्राय प्रवासी कामदारहरुका लागि आवास तथा खानाको व्यवस्था कम्पनीहरुले नै गर्ने भएकाले साथीभाइ भेटघाट तथा घुमफिरबाहेक अन्य प्रयोजनका लागि खासै बाहिर निस्किन जरुरी पनि हुन्न । त्यसकारण सुरक्षा उपाय अपनाएर कार्यावधिबाहेक होस्टेल वा आवासभित्रै बसिरहने हो भने पनि संक्रमणको खतराबाट मुक्त हुन सकिने अवस्था छ ।


साथै, कसैलाई शंका लागेमा तत्काल गएर जँचाउने व्यवस्था गरिएको छ । यो संकटकालीन अवस्थामा अस्पतालहरुलाई प्रवासीहरुको बसाइ वैधानिकताको विषयमा कुनै पनि सोधखोज नगर्न र प्रहरी वा अध्यागमनलाई समेत अस्पतालमा उपचाररत अवैधानिक (पहिचान नै भए पनि) प्रवासीहरुलाई पक्राउ वा देश निकाला नगर्न सरकारले निर्देशन समेत दिइसकेको छ । त्यसकारण जोकोहीले निर्धक्क भएर अस्पतालमा आफ्नो जाँच गराउन सक्छन् । यसका साथै कोरिया सरकारले सकेसम्म यो अवधिमा प्रवासी मजदुरहरु आफ्नो देश फर्कनुपर्ने स्थिति आइनपरोस् भन्ने हेतुले  ४ वर्ष १० महिनाको कोरिया बसाइको भिसा अवधिलाई ५० दिन थप समेत गरेको छ ।


यो संकटकालीन अवस्थामा अस्पतालहरुलाई प्रवासीहरुको बसाइ वैधानिकताको विषयमा कुनै पनि सोधखोज नगर्न र प्रहरी वा अध्यागमनलाई समेत अस्पतालमा उपचाररत अवैधानिक (पहिचान नै भए पनि) प्रवासीहरुलाई पक्राउ वा देश निकाला नगर्न सरकारले निर्देशन समेत दिइसकेको छ । त्यसकारण जोकोहीले निर्धक्क भएर अस्पतालमा आफ्नो जाँच गराउन सक्छन् ।


यी सबै वस्तुस्थितिलाई हेर्दा कोरोना संक्रमणप्रति कोरियाले देखाएको सतर्कतामा नेपालीहरु सावधानीपूर्वक रहँदा खासै चिन्ताजनक छैन । तथापि अन्य समय जस्तै हरेक आइतबार र बिदाहरुमा नियमित जमघट, रमाइलो र निस्फिक्री भएर हिँड्न खोज्दा भने अवश्य समस्या हुन्छ नै ।

यतिखेरको संकटकालीन अवस्थामा घर परिवारको पीर चिन्ता र याद नआउने प्रश्नै हुन्न । तर कम्पनीको क्षेत्रभित्र सुरक्षित बसेको हामी घर फर्कने नाममा बस, रेल, स्टेसन, विमानस्थल हुँदै हिँड्दा कहीँ कतै कोरोनाको जीवाणु  ठोक्किने सम्भावना प्रबल हुन्छ । यो जीवाणु ८ घण्टादेखि ३० घण्टासम्म खुला .हावा (बाहिर) पनि जीवित रहन सक्छ भन्ने वैज्ञानिकहरुको दाबी तथा जीवाणुको सम्पर्कमा भएर पनि संक्रमित नभएको तर सो मान्छेको सम्पर्कमा पुग्ने मान्छेमा संक्रमण हुने भन्ने तथ्य समेत पुष्टि भइसकेको अवस्थामा एउटा  स्वस्थ मान्छेमा समेत कोरोना भइरस जीवित भएर बसिरहने र अर्को रोग प्रतिरक्षा प्रणाली कमजोर भएको मान्छेमा संक्रमण  हुन सक्ने सम्भावना रहेकाले खतरापूर्ण छ । त्यसैले तत्कालको भावनामा बहकिएर लामो यात्रामा निस्किँदा हामी आफै नै कोरोनाको जीवाणुको प्रसारणको माध्यम हुनसक्ने गम्भीर खतरा पनि छ । हामी त्यस्तो माध्यम भयौँ भने हामीले हाम्रो स्वस्थ, परिवार, आफन्त वा साथीभाइहरुको लागि समेत संक्रमणको माध्यम बन्न पुग्छौँ ।


नेपालमा कुनै माध्यमबाट संक्रमण प्रवेश गर्यो भने त्यसले निम्त्याउने भयावह स्थितिको कल्पनासमेत गर्न सकिन्न । हामीसँग जनचेतनाको अभाव त छँदै छ त्यो भन्दा बढी कोरोना भाइरसको बारेमा बुझाइसमेत जनस्तरमा सघन छैन । साथै पूर्वाधारको समस्या त छँदैछ ।


नेपालमा कुनै माध्यमबाट संक्रमण प्रवेश गर्यो भने त्यसले निम्त्याउने भयावह स्थितिको कल्पनासमेत गर्न सकिन्न । हामीसँग जनचेतनाको अभाव त छँदै छ त्यो भन्दा बढी कोरोना भाइरसको बारेमा बुझाइसमेत जनस्तरमा सघन छैन । साथै पूर्वाधारको समस्या त छँदैछ । त्यसकारण सकेसम्म आफू सुरक्षित बसेर नै संक्रमण रोक्न सकिन्छ । यहाँस्थित दूतावास वा नेपाल सरकारले यो वा त्यो गरेन भनेन भनेर दायाँबायाँ दौडिरहनु खासै बुद्धिमानी हो भन्ने लाग्दैन ।

लेखक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ । –रातोपाटी

Homepage Photo: http://english.almanar.com.lb

Title Photo: https://s.abcnews.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिलिप वान्तवा
दिलिप वान्तवा
लेखकबाट थप