बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री नेम्वाङले सम्हाले शहरी विकासको जिम्मेवारी

सोमबार, १२ फागुन २०७६, १९ : ४४
सोमबार, १२ फागुन २०७६

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । आज अपरान्ह् ४ः३० मा मन्त्रालय पुग्नुभएका मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्री नेम्वाङले मन्त्रालयका कर्मचारीलाई जिम्मेवार, जवाफदेही र समन्वयात्मक बनेर काम गर्न निर्देशन दिए । उनले सबै आआफ्नो ठाउँमा जिम्मेवार बनेर समूहगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले सबैले ‘हामीले नगरे कसले गर्छ’ भन्ने भावना विकास गर्न सके मात्रै नयाँ युगको शुरुआत हुने औँल्याए । उनले नयाँ परिस्थितिबाट सरकार निर्माण भएपछि काम गर्ने वातावरण निर्माण भएको बताए । 

उनले भने, “विगतमा वर्षवर्षमा सरकार ढल्ने अवस्था भएकामा स्थिर सरकार बनेसँगै त्यो अवस्था हटेको छ ।” 

मन्त्री नेम्वाङले आजै वाग्मती एकीकृत सभ्यतासँग जोडिएको विषयमा विधेयक निर्माण गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमतिका लागि तयार फाइलमा हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप