शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीसँग बसेर टिकटक बनाएपछि प्रहरीका सई कारवाहीमा

सोमबार, १२ फागुन २०७६, १९ : २०
सोमबार, १२ फागुन २०७६

भक्तपुर । लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाउँदै आएका प्रहरी नायब निरीक्षक थापाले प्रहरी पोशाकमै श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारवाहीमा परेका हुन् ।

प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको एउटा टिकटक र रत्नको प्रहरी पोशाक श्रीमतीले लाएर हातमा पेस्तोल समातेर खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थापालाई रानीपोखरी तानेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले प्रनानि थापालाई रानीपोखरीले तानेपछि उनले इञ्चार्ज सम्हाल्दै आएको चाँगुनारायण नगरपालिकास्थित प्रहरी प्रभाग सुडालमा आजै प्रनानि राजु प्रसाईंलाई पठाएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप