शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकर्ता पक्राउको विरोधमा नेविसंघ कास्कीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

सोमबार, १२ फागुन २०७६, १९ : १६
सोमबार, १२ फागुन २०७६

पोखरा । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीले मंगलबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेविसंघले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । 

गएको बिहीबार अनेरास्ववियु र नेविसंघबीच पिएन क्याम्पस पिरसरमा हानाहान हुँदा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त गम्भिर घाइते भएका थिए । घाइतेद्वयको उजुरीको आधारमा प्रहरीले नेविसंघ सभापतिका उम्मेदवार रेशम हमाल (राजेश)लाई सोमबार बिहान पक्रेको थियो । 

हमाललाई पक्रेको विरोधमा नेविसंघले गण्डकी प्रदेशसभा अगाडि आधि घण्टा नाराबाजीसहित टायर बालेर चक्काजाम गरेको थियो । यस्तै, चिप्लेढुंगाअघि पनि नेविसंघका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए । टायर बालेर चक्काजाम गर्ने दुई जनालाई प्रहरीले चिप्लेढुंगाबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुलाई अहिले छोडि सकेको छ । 

बिहीबारको पिएन क्याम्पस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेविसंघ कास्कीका सतिस बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 
यता, क्याम्पस प्रमुखले वार्ताको लागि बोलाएर प्रहरीलाई खबर गरि आफ्ना कार्यकर्ता राजेशलाई पक्राउ गराएको नेविसंघको आरोप छ । नेविसंघ कास्कीले मंगलबार पिएन क्याम्पस अगाडि चक्काजाम सहित विरोध गर्ने कार्यक्रम तय गरेको छ ।

यस्तै, सरकारी गाडी आवागमनमा रोक लगाउँने र १५ गतेदेखि अनिश्चितकालका लागि कास्कीका शैक्षिक संस्थापूर्ण रुपमा ठप्प गराउँने नेविसंघका निर्वतमान सदस्य भानु ढकालले जानकारी दिए । 


जिएमसी क्याम्पस नजिकैबाट कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँन प्रयास गर्ने दुई जना नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजवादी विद्यार्थी संघका ४ जना कार्याकताले नि प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँने कोसिस गरेका थिए । उनीहरु अहिले प्रहरीको निगरानीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप