शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छोरीमाथि जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

सोमबार, १२ फागुन २०७६, १९ : १३
सोमबार, १२ फागुन २०७६

तनहुँ जिल्ला अदालतले हाडनाता सम्बन्धमा भएको बलात्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको आजको इजलासले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई जबर्जस्ती करणी र हाडनातामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । अभियुक्तविरुद्ध जबर्जस्ती करणी उद्योग तथा हाडनाता करणीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप