शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सात महिनामा ८ खर्बको आयात, व्यापार घाटा ७ खर्ब ३८ अर्ब

सोमबार, १२ फागुन २०७६, १८ : ४९
सोमबार, १२ फागुन २०७६

काठमाडौं । सात महिनामा नेपालको कुल आयात ८ खर्ब नाघेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघसम्म ८ खर्ब ३ अर्ब ६० करोडको आयात र ६४ अर्ब ९७ करोडको निर्यात हुँदा कुल व्यापार घाटा ७ खर्ब ३८ अर्ब रुपैंया पुगेको देखिएको छ ।

यो अवधिको आयात अघिल्लो वर्षको भन्दा ३.५६ प्रतिशत कम हो भने निर्यात २२.४१ प्रतिशत बढी हो । आयातमा कमी र निर्यातको वृछिका कारण व्यापार घाटा भने यो अवधिमा ५.३३ प्रतिशत कमी आएको विभागले जनाएको छ । 

यो अवधिमा आयात हुने मुख्य वस्तुहरुमा पेट्रलियम पदार्थ, मेसिनरी सामानहरु, फलाम र स्टिल, इलोक्ट्रोनिक सामान, सवारीसाधन, अनाज, प्लाष्टिक, मासु, तरकारी तथा दुग्ध पदार्थ, औषधि, हवाईजहाजका उपकरण, कपडा, रासायनिक मल लगायत छन् । 

त्यस्तै मुख्य रुपमा निर्यातत हुने वस्तुहरुमा बनस्पति तथा पशुजन्य तेल र बोसो, फाइबर, चिया कफी, कार्पेट, टेक्सटाइल, कपडा, कागज, यार्न लगायतका वस्तुहरु छन् । 

यो अवधिमा भारतसँग ४ खर्ब ९६ अर्ब आयात र ४५ अर्ब ४० करोड निर्यात, चीनसँग १ खर्ब ३२ अर्बको आयात र १० अर्ब ६५ करोडको निर्यात तथा इन्डोनेसियासँग २१ अर्बको आयात र १ अर्बको निर्यात भएको देखिएको छ । 

माघ महिनासम्मको व्यापार हेर्दा आयात घटेको र निर्यात बढेको देखिए पनि आयातको गिरावटको दर अघिल्लो महिनाभन्दा कम र निर्यातको वृद्धिदरु पनि अघिल्लो महिनाभन्दा कम देखिएको छ । पुस महिनासम्म आयात ४.०४ प्रतिशतले घटेकोमा अहिले ३.५६ प्रतिशतमा झर्नु तथा अघिल्लो महिना २६.१३ प्रतिशतको निर्यात वृद्धि २२.४१ प्रतिशतमा झर्नुले पछिल्लो महिनाको व्यापारको अवस्था भने सुधारोन्मुख रहेको देखिँदैन । यही कारण व्यपार घाटाको गिरावट दर समेत ६.०६ प्रतिशतबाट घटेर ५.३३ प्रतिशतमा सीमित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप