घुस लिएको अभियोगमा सव–इन्जिनियर पक्राउ
सोमबार, १२ फागुन २०७६, १८ : ४६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन इकाइका सव–इन्जिनियर नवलेस कुमार रौनियारले कास्कीको मादी गाउँपालिका वडा नं ९ का सेवाग्राहीसँग ४० हजार ५०० घुस लिएको उजुरीको आधारमा अख्तियारले पक्राउ गरेको हो ।
उनले घुस लिएको विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । यसबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
कहिलेदेखि जित्न थाल्छ बैंगलुरु ?
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स