बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी गिरफ्तार गरेको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण

सोमबार, १२ फागुन २०७६, १८ : २०
सोमबार, १२ फागुन २०७६

नेपाली काँग्रेसले शान्तिपूर्ण प्रदर्शनमा रहेका नेपाल विद्यार्थी सङ्घका नेता, कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

पृथ्वीनारायण क्याम्पस पोखरामा दुई विद्यार्थी समूहबीचको सामान्य विवादलाई मिलाउन क्याम्पस प्रशासनले दुवै समूहका प्रतिनिधिलाई क्याम्पसमा बोलाएको अवस्थामा क्याम्पस परिसरबाटै नेविसङ्घका रोशन हमाललाई प्रहरीले सुनियोजित रुपमा गिरफ्तार गरेको काँग्र्रेसले विज्ञप्तिमार्फत जनाएको छ । 
 
नेविसङ्घले बिना कारण गिरफ्तार गरिएकामा विरोध जनाउँदै हमालको रिहाइको माग गरी गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा जथाभावी बल प्रयोग गरेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयभित्रै प्रवेश गरी सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरी सख्त घाइते बनाएको र विष्णु पहारी, सुमन विमली, निर्दोषविक्रम पौडेल, असिम सुवेदीलगायतलाई गिरफ्तार गरेको विज्ञप्तिमा जनाएको छ । 
 
शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाउँदै काँग्रेसले उक्त घटनाको निन्दा र भत्र्सना गरेको छ । घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था गर्न र गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाइ गर्न माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप