नायिका आँचल शर्माको हुने भयो बिहे, गरिन् इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसँग सोमबार चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।
इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरुले यही फागुन २९ गते विवाह गर्ने चर्चा छ । तर, यस विषयमा आँचलले आधिकारी पुष्टि गरेकी छैनन् ।
फेसबुकको माध्यमबाट प्रेममा परेकी आँचलले उदिपको प्रेम स्वीकारेकी थिइन् ।
‘नाईं नभन्नू ल ४’बाट फिल्म अभिनयमा डेब्यु गरेकी आँचलको नाम अभिनेता पल शाहसँग जोडेर विभिन्न गसिप आउने गर्दछ । तर, उनीहरुले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेनन् ।
आँचल पछिल्लो समय म्युजिक भिडियोको क्वीन पनि हुन् । उनलाई भिडियो खेलाउन निर्देशक महिनौंसम्म पनि कुर्ने गर्दछन् । केही समय पहिले ‘झिँगेदाउ’ फिल्मको छायाँंकन सक्याएकी आँचल अहिले फिल्म ‘डामाडोल’ अभिनयको तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत