बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘हिजो आजका कुरा’ गीत: ‘माया जदौ’ मा देखिए दुई दर्जन सेलिब्रेटी

सोमबार, १२ फागुन २०७६, १७ : १२
सोमबार, १२ फागुन २०७६

काठमाडौं । साकार पन्त निर्देशन रहेको फिल्म ‘हिजो आजका कुरा’को ‘माया जदौ’ बोलको गीत सार्वजनिक गरिएको छ । रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको छ ।

गीतमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजित बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रीमा विश्वकर्मा, जेविका कार्की, नविन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सविन शाक्य, मन्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका करिब दुई दर्जन कलाकारको अभिनय रहेको छ । गीतको कोरियोग्राफी कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

साकार पन्तको डेब्यु निर्देशन रहेको फिल्म उनका पिता बरिष्ठ अभिनेता सन्तोष पन्तको प्रस्तुतिमा निर्माण भएको हो । सेलिब्रेटीलाई एकै फिल्ममा यसरी समेटिएको यो सम्भवत पहिलो हो । कमेडी जनरामा निर्माण भएको र वैशाख १२ गते प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्यलगायतका कलाकारले अभिनय रहेको छ ।

पन्त फिल्म प्रोडक्सनमा निर्मित फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त हुन् । सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप