केन्द्रीय संस्करण

एक दिन पनि टिकेन ऊहानको ‘लकडाउन’ खुकुलो पार्ने निर्णय

person explore access_timeफागुन १२, २०७६ chat_bubble_outline0

चीनको ऊहान महानगरका अधिकारी यसअघिको कोरोना भाइरस संक्रमणपछिको सहरमा कायम ‘लकडाउन’लाई खुकुलो बनाउने निर्णयबाट पछि हटेका छन् । स्थानीय प्रशासनले सामाजिक संजाल बोइवोबाट यसको जानकारी दिएको हो । 

उसले यसअघिको घोषणा ‘अमान्य’ भएको लेखेको छ । सहर प्रशासनको पोष्टमा यसअघिको घोषणा ‘ट्राफिक नियन्त्रण समूहले विशेष परिस्थितिमा जारी गरेको र त्यसका लागि माथिल्लो कार्यालयसँग सल्लाह नगरिको’ बताएको छ । 

अघिल्लो घोषणामा संलग्न अधिकारीको आलोचना भएको र सहरमा राष्ट्रपति सी जिनपिङको निर्देशन अनुरुप लकडाउन कठोरताका साथ लागु हुने बोइवो पोष्टमा स्पष्ट पारिएको छ ।

कोरोनाभाइरसको प्रकोप चर्केपछि ऊहानलाई २३ जनवरीमा ‘लकडाउन’ गरिएको थियो । लकडाउनपछि सहरका वासिन्दालाई बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । 

यसअघि ज्वरो, खोकी वा दमजस्ता रोग नलागेका मानिसलाई स्वस्थ्य मान्दै सहरबाट बाहिरन अनुमति दिने बताइएको थियो । तथापि ती बाहिर गएपछि गन्तव्य स्थानका स्वास्थ्य अधिकारीको १४ दिने स्वास्थ्य निगरानीमा रहनुपर्ने बताइएको थियो  । 

कयौं प्रान्तमा सतर्कता स्तर घटाइयो
चीनका ६ वटा प्रान्तले कोरोनाभाइरसको आपतकालसँग जोडेर जारी गरेको स्वास्थ्य सतर्कता स्तर घटाएका छन् । 

उत्तर कोरियासँगको सिमाना जोडिएको उत्तर–पूर्वी प्रान्त लियाओनिङमा पहिलो पटक कोरोनाभाइरसप्रतिको आपतकाल हटाइएको छ । 

शनिबार लियाओनिङ प्रान्तको स्वास्थ आयोगले स्वास्थ्य आपतकालको सबैभन्दा माथिल्लो स्तर लेबल १ बाट लेबल ३ मा घटाएको छ  । 

शनिबार र सोमबारबीचमा सान्सी, गुयाङदोङ, युन्नान, गान्सु र गुईझाउ प्रान्तको सतर्कता स्तर पनि लेबल ३ मा पु¥याइएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...