बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनको कोरोनाभाइरस प्रकोपले भारतको अर्बौं डलरको औषधी उद्योगलाई झट्का

सोमबार, १२ फागुन २०७६, १४ : ४०
सोमबार, १२ फागुन २०७६

एजेन्सी । जेनेरिक औषधी निर्माण र तिनको निर्यातमा भारत विश्वमै अग्रणी देश हो । सन् २०१९मा भारतले २०१ देशमा जेनेरिक औषधी निर्यात गर्यो । त्यसमार्फत उसले अर्बौं डलर कमाइ गरेको छ ।  

तर कमैलाई जानकारी भएको तथ्य के हो भने भारतले औषधी निर्माणका लागि प्रयोग हुने कच्चा पदार्थ एक्टिभ फार्मास्यूटिकल इनग्रेडिएन्ट्स(एपीआई) चीनबाट आयात गर्छ । 

चीनमा कोरोना–भाइरसको प्रकोपबाट प्रभावित भइरहेकाले आयात र निर्यात नराम्रोसँग प्रभावित भएको छ । 

एपीआई आयात नहुँदा कयौं भारतीय कम्पनीका निर्माणमा कमी आइरहेको छ । यसको असर भावी दिनमा औषधीको विश्वव्यापी आपूर्तिमा देखिन सक्छ । 

भारत सरकारको वाणिज्य विभागबाट समर्थन पाएको ‘प्रोमोशन काउन्सिल अफ इण्डिया(टीपीसीआई)’को एक रिपोर्ट अनुसार सन् २०१८–१९ मा भारतबाट १९.१४ अर्ब डलरको औषधी निर्यात भएको थियो । 
यी औषधी निर्माणमा झण्डै ८५ प्रतिशत एपीआई चीनबाट आयात गरिन्छ । 

भारतमा एपीआईको निर्माण निकै कम हुन्छ र जति पनि एपीआई भारतमा बनाइन्छ तिनलाई अन्तिम रुप दिन प्रयोग हुने सामाग्री पनि चीनबाटै आयात गरिन्छ । अर्थात भारतीय कम्पनी एपीआई निर्माणको लागि चीनमा निर्भर छन् । 

बढ्दो एपीआईको मूल्य 
कोरोना–भाइरस प्रकोपका कारण चीनमा निर्माण कार्य अवरुद्ध हुँदा चीनबाट आयात हुने एपीआईमा असर परिहेको छ ।सबैभन्दा ठूलो संख्यामा एपीआई आयातकर्ताको हिसाबमा भारत अत्यधिक प्रभावित छ ।
चीनको आपूर्ति बन्न हुँदा भारतबाट औषधी बनाउने कम्पनीले अहिले एपआईका लागि अतिरिक्त रकम तिर्न तयार देखिन थालेका छन् । 

मुम्बईमा रहेको औधषी कम्पनी आरती फर्माले पनि चीनबाट एपई आयात गरेर अन्य औषधी निर्माता कम्पनीलाई बेच्छ । कम्पनीका मालिक हेमल लाठियाले चीनबाट अहिले एपीआईको निर्यात पूर्ण रुपमा बन्द भएको बताए । 

‘भारतमा जुन एपीआई बन्छन् ती चीनमाथि निर्भर छन् । यसैले जो एपीआई निर्माता छन्, तीमाथि असर परिरहेको छ ’ लाठियाले भने ।

लाठियाले अप्रिलसम्ममा आयात पुनः सुरु हुनसक्ने आशा व्यक्त गरे । तर एक–डेढ महिनासम्म समस्या हालकै जस्तो रहन सक्छ । 

हेमल लाठिया भन्छन्,‘ एपीआईको पुरानो स्टकको मूल्य १० देखि १५ प्रतिशतसम्म बढेको छ । जुन कम्पनी चीनबाट एपीआई आयात गर्दै स्थानीय कम्पनीलाई बेच्ने छन् वा स्टकमा आइरहेको कमीको कारणले मूल्य बढाए एपीआई बेचिरहेका छन् । 

भारतमा किन एपीआईको निर्माण कम ?
विशेषज्ञका अनुसार चीनमा एपीआईको निर्माण भारतको भन्दा २० देखि ३० प्रतिशतसम्म सस्तो पर्न आउँछ । 

चीनबाट एपीआई आयात रोकिएको विषयमा चर्चा चलेको पहिलो पटक भने होइन । सन् २०१४मा पनि यो विषय भारतको लोकसभामा उठेको थियो । 

त्यो समय दुई देशबीचको सिमानामा तनावको उत्पन्न भएको थियो जसले गर्दा नेताहरुले चीनले एपीआईमाथि रोक लगाउने हो कि भन्ने चिन्ता व्यक्त गरिएका थिए । 

यो समस्यासँग जुध्नको लागि प्रधानमन्त्री कार्यालयमा वैठक पनि भयो र यस स्थितिमा जुध्नको लागि एक टास्क फोर्सको गठन गरिएको थियो । 

तत्कालीन रसायन मन्त्री अनन्त कुमारले संसदलाई जानकारी दिने क्रममा आवश्यक औषधीमा रहेका १२ औषधीको ८० देखि ९० प्रतिशत कच्चा सामाग्री चीनबाट आउने बताएका थिए । 

तत्कालीन समय टास्क फोर्सले एपीआई निर्माणमा चीनमाथि रहेको भारतीय परनिर्भरता कम गराउन सुझाव दिएको थियो । 

 एपीआई निर्माणमा कमी आएको छ ?
हेमल लाठियाका अनुसार अधिकतम कम्पनीले या त औषधी निर्माण कम गरिदिएका छन् या जुन भण्डार तीसँग पहिलेदेखि थियो त्यसबाट काम चलाइरहेका छ । ती अहिले निक्कै अत्यावश्यक सामानबाट काम चलाइरहेका छन् । 

माग बढी छ र आपूर्ति कम छ, यसले गर्दा मुल्य बढिरहेको छ । यदी डेढ महिनासम्म आपुर्ति सुरु भएन भने मुस्किल बढ्नेछ र सँगै मुल्य पनि बढ्नेछ । 

औषधी निर्माता कम्पनी म्याक्सटार–बायो जेनिक्सको निर्देशक जगदीश बन्सल झण्डै ७० प्रतिशत एपिआई चीनबाट आयात गर्ने बताउँछन् । उनको कम्पनी क्याप्सूल बनाउँछन् । 

चीनबाट आयात बन्द हुँदा अहिले पहिलेदेखि भण्डारमा राखेका व्यक्तिलाई फाइदा पुगेको छ । ती अहिले एपीआईको मूल्य बढाएर बेचिरहेका छन् । 

‘अहिलेको भण्डारले झण्डै एक महिना काम गर्छ । यदी एक महिनाभित्र आयात सुरु भएन भने निक्कै अफ्ठ्यारो आउनेवाला छ’ बन्सलले भने । 

उनको विश्वासमा चीनबाट एपीआई आयात बन्द हुँदा उनको कम्पनीमा औषधी उत्पादन कम भइरहेको छ । आपूर्ति छिट्टै सुरु नभएकोमा औषधी बनाउन रोकिन सक्छ । 

तथापि जगदीश बन्सलका अनुसार अहिले औषधीको मूल्यमाथि असर पर्नेछैन । तर चीनबाट लामो समयसम्म औषधीका कच्चा पदार्थ भारत आएन भने त्यसका गम्भीर असर देखिन थाल्नेछ । 

दिल्ली ड्रग्स ट्रेड्स एसोसिएशनका महासचिव आशीष ग्रोवरका अनुसार धेरैजसो औषधी कम्पनीले एक दुई महिनालाई पुग्ने गरी एपीआईको भण्डारण राख्छन् । त्यसपछि बल्ल समस्या आउन सक्छ । तथापि एक दुई महिनामा चीनबाट एपीआईको आयात सुरु हुनसक्ने सम्भावना पनि छ । 

आशीष ग्रोवर भन्छन् ,‘निर्माण जारी छ तर एपीआईको मूल्य बढिरहेको छ । संकटको असर देखिने गरी कुनै औषधीको माग अचानक बढेको छैन । चीनमा कोरोना भाइरस फैलिरहेको छ तर त्योसँग जोडिएर कुनै औषधी यहाँबाट गइरहेको छैन । यसैले हालसम्म बाँकी औषधीको मूल्यमाथि असर परिरहेको छैन ।’

तथ्याकंमा भारतीय औषधी उद्योग ?
‘स्यूटिकल एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डिया(फर्मेक्सील)’को वार्षिक रिपोर्ट अनुसार सन् २०१८–१९मा भारतबाट औषधीको कुल निर्यात १९ अर्ब डलर थियो । 

विश्व स्वास्थ्य सगठनको मागको आधारमा डीपीटी र बीसीजीको लागि झण्डै ६५ प्रतिशत औषधी भारतमा बन्छ । दादुराको ९० प्रतिशत खोप भारतमा बन्छ । 

जेनेरिक औषधी बनाउने संसारको शीर्ष २० कम्पनीमा आठ कम्पनी भारतीय छन् । 

भारतबाट निर्यात हुने औषधीमध्ये ५५ प्रतिशत उत्तरी अमेरिका र युरोपले आयात गर्छन् । भारतबाट औषधी आयात गर्ने देशमा अमेरिका सबैभन्दा ठूलो आयातक हो । 

अहिले आएर चीनबाट एपीआईको आयात लामो समय बन्द रह्यो भने भारतसँग संसारभरका अन्य देशमा औषधीको अभाव हुनसक्छ । साथमा भारतको अर्थव्यवस्थालाई पनि ठूलो नोक्सानी उठाउन पर्न सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप