स्ववियु सभापतिका उम्मेद्वार पक्राउ परेको विरोधमा नेविसंघ कास्कीले बाल्यो टायर

पोखरा । पृथ्वीनारायण क्याम्पसमा दुई संगठनबीच भएको झडपले उग्र रुप लिएको छ । गएको बिहीबार नेकपा निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघबीचको झडपबाट घाईते भएका अनेरास्ववियुका विराट दवाडी र विशाल पन्तको उजुरीपछि नेविसंघका स्ववियु सभापतिका उम्मेद्वार राजेश हमाल पक्राउ परेपछि दुई संगठनबीच तनाब चर्किएको हो ।
हमाललाई पक्राउ गरेको विरोधमा नेविसंघ कार्यकर्ताले गण्डकी प्रदेशसभा अघि टायर बालेर आधाघण्टा चक्काजाम गरेर नाराबाजी समेत गरेका छन् । त्यस्तै, संघका कार्यकर्ताले पिएन क्याम्पस गेटअघि सरकारी नम्बर प्लेटको गाडि पनि आफ्नो नियन्त्रणमा लिएका छन् ।
सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउन खोजिएको भन्दै नेवि संघले विरोध जनाउँदै आएको छ । स्ववियु सभापतिका उम्मेद्वार हमाललाई क्याम्पस प्रमुखले वार्ताका लागि बोलाएर प्रहरीलाई खबर गरि पक्राउ गरेको उसको आरोप छ । नेविसंघकार्यकर्ताले क्याम्पस प्रमुखको राजिनामाको मागसहित हमाललाई बिना शर्त रिहाई गर्न माग गरेको छ ।
त्यस्तै प्रहरीले नेविसंघका कार्यकर्ता सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आफ्ना सदस्यलाई झुठा मुद्दा लगाएर फसाउन खोजिएको नेविसंघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको झण्डाको अपमान गरेर केक बनाई काटेको भन्दै आफूहरुले सो कार्यको विरोध जनाउने समेत उनले जानकारी दिए । आफ्ना साथीहरुको स–सम्मान रिहा गर्नुपर्ने उनको माग छ । आफ्ना मागहरु पुरा नभए सरकारी गाडी बन्द गर्ने र चरणबद्ध शैक्षिक हड्तालमा उत्रिने उनले बताए । त्यस्तै, प्रहरीले चिप्लेढुंगा काङ्ग्रेस पार्टी कार्यालय अघिबाट पनि केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
-
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु